दक्षिण कोरिया: दुर्घटनास्थलबाट १७६ शव भेट्यो
जनकपुरधाम । दक्षिण कोरियामा आइतबार बिहान दुर्घटना भएको जहाजमा सवार यात्रुहरूको खोजी र उद्धारकार्य अपराह्नसम्मै जारी छ।
दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले अहिलेसम्म १७६ जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको उल्लेख गरेका छन्।
जिओल्ला प्रान्तको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार स्थानीय समयअनुसार बिहानको ९:०७ बजे जेजु एयरको ७ सी २२१६ जहाज अवतरणका क्रममा दुर्घटना भएको थियो।
१७५ यात्रु र चालकदलका ६ सदस्य सवार जहाजको ल्याण्डिङ गियरमा खराबीका कारण दुर्घटना भएको भनेर दक्षिण कोरियाली समाचार संस्था योनहाप न्युजले लेखेको छ। भिडिओ फुटेजहरूमा पनि जहाजको पाङ्ग्रा निस्किएको देखिँदैन।
Facebook Comments Box