टर्कीले बढाउँदैछ मजदुरको न्यूनतम तलब
जनकपुरधाम । नयाँ वर्ष २०२५ को आगमन अवसरमा टर्कीले आफ्ना मुलुकमा काम गर्ने मजदुरको न्यूनतम तलब वृद्धि गर्ने निर्णय गरेको छ ।
२०२५ को शुभारम्भसँगै टर्कीका मजदुरलाई साविकको तलबमा ३० प्रतिशत वृद्धि गरी न्यूनतम ६३० अमेरिकी डलर तोक्ने निर्णय गरेको हो ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले हिजो (मंगलबार) श्रमिकको न्यूनतम तलब ६३० अमेरिकी डलर पुर्याउने घोषणा गरेका हुन् ।
यो तलब वृद्धिले श्रमिकको हितवृद्धि हुनुका साथै देशको आर्थिक स्थायित्वलाई समेत मजबुत बनाउने टर्कीका सामाजिक सुरक्षा मन्त्री वेदात इसिखानले विश्वास व्यक्त गरे ।
Facebook Comments Box