रविको सांसद पद स्वतः निम्बन हुँदै, सभापति पनि नरहन सक्ने
जनकपुरधाम । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अदालतमा तीन कसुर गरेको अभियोग दर्ता भएसँगै उनको सांसद पद स्वतः निम्बन भएको छ ।
प्रहरीले सांसद समेत रहेका रविविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरणसम्बन्धी अभियोग दर्ता भएको जानकारी संसद सचिवालयलाई आइतबारै गराइसकेको छ । उक्त सम्बन्धमा सभामुखले संसद सचिवालयको सुचनापार्टीमा टाँस गरेलगत्तै सांसद पदबाट रवि लामिछाने निलम्बन हुनेछन् । सभामुखले सोमबार (आज) उक्त सुचना टाँस गर्ने बुझिएको छ ।
आफु सांसदको रुपमा कायम रहन नसक्ने व्यक्तिले अन्य सांसदहरुलाई निर्देशन दिनसक्ने पार्टी सभापतिको आसिन रहिरहन पनि नैतिक रुपले सुहाउँदैन । सोही आधारमा उनले सभापति पदबाट राजीनामा दिने अथवा पार्टीको विधान बमोजिम उनलाई सभापति पदबाट मुक्त गर्ने प्रक्रिया अघि बढ्न सक्ने छलफल पार्टीभित्रै सुरु भएको छ ।
सहकारी ठगीसम्बन्धी कसुरमा मुछिएपछि पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानेलाई गत कात्तिक २ गते प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । पुस ७ गते आइतबार उनीविरुद्ध मुद्दा दर्ता भएपछि सांसद पदबाट निलम्बनका लागि प्रहरीले प्रतिनिधिसभालाई पत्र पठाएको छ ।