महोत्तरीमा डकैती, प्रतिकार गर्ने झा मारिए

जलेश्वर । महोत्तरीको मनरासिस्वा नगरपालिकामा शनिबार बिहान डाँकाको समूहले एक जनाको हत्या गरेको छ ।

मनरासिस्वा नगरपालिका ४ स्थित पूर्व गाविस सचिव सुशिल झाको घरमा छ–सात जनाको समूहमा आएको डाँकाको समूहले लुटपाट गरेको हो । प्रतिकार गर्न खोज्दा झालाई कुटपिटगरी मारेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रवक्ता डिएसपी सन्तु जयसवालका अनुसार घटना शनिबार बिहान करिब ३ बजेतिरको हो । लुटपाट गर्न आएको डाँका समूहलाई प्रतिकार गर्न खोज्दा झालाई कुटपिट गरेको र सोही क्रममा मृत्यु भएको प्रहरी अनुमान छ ।

घटनावारे थप अनुसन्धान जारी रहेको डिएसपी जयसवालले जनाए ।

Facebook Comments Box