सरकारको नेत्र खोल्न कास्कीका नेत्र जनकपुरमा उभिए

जनकपुरधाम । कास्कीका नेत्र चापागाईं जनकपुरधामको जनक चोकमा शुक्रबार दिनभर उभिदैछन् । बिहीबार पनि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उनी जनक चोकमा उभिइरहे ।

‘शिक्षा ऐन कहिले आउँछ सरकार ?’ लेखिएको टोपी लगाएर जनक चोकस्थित पिपल बोटमुनि दुई दिनसम्म उभिएर नेत्रले सरकारको नेत्र खोल्ने प्रयासमा लागेका छन् ।

यस अघि उनले अन्य छ प्रदेशको राजधानी सहरमा पनि यसरी नै उभिइसके । गण्डकी प्रदेशको पोखराबाट उभिन सुरु गरेका नेत्रले लुम्बिनी, कर्णाली, सुदुरपश्चिम, कोशी, बागमतीहुँदै जनकपुर आइपुगेका हुन् ।

जनकपुरबाट पनि सुनुवाई नभए संघीय राजधानी काठमाडौं पुगेर अनिश्चितकालिन रुपमा उभिने निस्कर्षमा उनी पुगेका छन् ।
नयाँ शिक्षा ऐन नल्याउँदा देशैभरी स्थानीय तहमा कानुन निर्माणमा जटिलता तथा अन्यौल सृजना गरेको उल्लेख गर्दै नेत्रले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनको आधारमा रही तत्काल नयाँ विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायत १५ सुत्रीय माग अघि सारेका छन् ।

Facebook Comments Box