फाइनलमा पुग्यो जनकपुर
जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार भएको क्वालिफायरमा कर्णालीलाई पराजित गर्दै जनकपुर वोल्ट्स फाइनलमा प्रवेश गरेको छ ।
यस अघि बुधबार जनकपुरलाई हराएर सुदुरपश्चिम फाइनलमा पुगिसकेको छ । अब शनिबार हुने फाइनलमा जनकपुर र सुदुरपश्चिमबीच लिग उपाधीको लागि भिडन्त हुने छ ।
यस अघि सात खेल मध्ये सुदुरपश्चिमले ६ खेल जितेको छ भने जनकपुरले ५ खेल जितेको छ । सुदुरपश्चिम चितवनसँग पराजित भएको थियो भने जनकपुर चितवन र सुदुरपश्चिमसँग हारेको थियो ।
Facebook Comments Box