फाइनलमा पुग्न जनकपुर र सुदुरपश्चिम आज भिड्दै

जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुग्न आज जनकपुर वोल्ट्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

किर्तीपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज (बुधबार) दिउँसो १ बजेदेखि जनकपुर र सुदुरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । यो खेल जित्ने टिम अगामी शनिबार हुने फाइनल खेलमा पुग्नेछ ।

Facebook Comments Box