बर्दिवासमा बसको ठक्करले पैदलयात्रीको मृत्यु
जनकपुरधाम । पूर्वपश्चिम राजमार्गको बर्दिबासस्थित रातु पुलमा सोमबार मध्यराति काठमाडौंबाट आउँदै गरेको नाइटबसले किचेर एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
काठमाडौंबाट आएर इलामतर्फ जाँदै गरेको बागमती प्रदेश ३ –००१ ख २७२९ नम्बरको यात्रुबाहक बसले सोमबार राति १२ः५० बजेको समयमा रातुपुल नजिकै पैदलयात्रीलाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा करिब साढे एक बजेतिर बर्दिबास अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
महोत्तरी प्रहरी प्रवक्ता डिएसपी सन्तु जैसवालको अनुसार पैदलयात्रीलाई ठक्कर दिएर पनि नरोकी सिधै पूर्वतर्फ हुँकिएको उक्त बसलाई सिरहाबाट नियन्त्रणमा लिइएको छ ।
Facebook Comments Box