टिभीले तिर्नुपर्यो १५ करोड डलर जरिवाना

जनकपुरधाम । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रसारण गरेको समाचार पुष्टी गर्न नसकेपछि एबीसी टिभी च्यानलले १५ करोड रुपैयाँ जरिवाना तिर्नु परेको छ ।

उक्त च्यानलका प्रस्तोता जर्ज स्टेफानोपोलोसले गत मार्च १० को दिन ट्रम्प विरुद्ध बलात्कार सम्बन्धी समाचार प्रसारण गरेका थिए । समाचार विरुद्ध दायर भएको मानहानी सम्बन्धी मुद्दाको सुनुवाई गर्दै अदालतले टिभी च्यानलसँग ट्रम्पलाई क्षतिपुर्तीवापत १५ लाख रुपैयाँ तिर्न लगाएको हो ।

उक्त च्यानलले ट्रम्पलाई व्यहोर्नु परेको कानुनी फिवापत थप एक करोड डलर पनि तिर्नु पर्ने सम्झौता भएको छ ।

Facebook Comments Box