धनुषा पत्रकार महासंघमा पुरन
जनकपुरधाम । नेपाल पत्रकार महासंघ धनुषा शाखा अध्यक्षमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार पुरन साह निर्वाचित भएका छन् ।
१४१ मतदाता रहेको धनुषामा शुक्रबार भएको निर्वाचनमा १३४ जनाले मतदान गरेका थिए । ती मध्ये एउटा मतपत्रमा अध्यक्ष पदका लागि कसैले मत पाएका थिएनन् भने ८२ जनाले पुरन साहको पक्षमा मतदान गरेका थिए । पुरनका एकमात्र प्रतिस्पर्धी नित्यानन्द मण्डलले जम्मा ५१ मत पाए । नित्यानन्दलाई प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रेस मञ्च र राष्ट्रिय प्रेस मञ्च लगायतले समर्थन गरेको थियो ।
उपाध्यक्षमा अवधेश कामत र नेहा झा, सचिवमा बटुकनाथ झा, सहसचिवमा अर्जुन मण्डल, दिपेश मल्लिक र कोषाध्यक्षमा गोविन्द महतो निर्वाचित भएका छन् । सदस्यहरुमा माला राय, कमलेश ठाकुर, राहुल सिंह, लक्ष्मी चौधरी, सुमित मिश्र, राजा झा, दिलिप दास, चाँदनी झा, जीवनारायण झा, सपना कर्ण र इन्तखाम आलम निर्वाचित भए ।
संघीय परिषद् सदस्यमा अजय झा र श्रीनारायण साह तथा प्रदेश परिषद् सदस्यमा अजय साह, बब्लु चौधरी, कमल साह, उत्तीमलाल कापडी, उमेश झा, दिनेश शर्मा, नवोनारायण झा र अमरकान्त ठाकुर निर्वाचित भएका छन् ।