उर्जा क्षेत्रमा नेपाल सरकार–एडिबि सहकार्य पाँच दशक

जनकपुरधाम । उर्जा क्षेत्रमा विकासका लागि एशियाली विकास बैंक (एडिबि) ले नेपाल सरकारसँग सहकार्य गरेको पाँच दशक पुरा भएको छ ।

सहकार्यको ५० वर्ष पुरा भएको अवसरमा नेपालको उर्जा क्षेत्रमा भएको रुपान्तरणलाई तस्बिर मार्फत सर्वसधारणमा जानकारी गराउन बिहीबारदेखि साताव्यापी फोटो प्रदर्शनी राखिएको छ ।

बिहीबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि संस्कृति केन्द्रको सभाहलमा मधेश प्रदेश सरकारका अर्थ मन्त्री सुनिल यादवले रिबन काटेर फोटो प्रदर्शनीको उद्घाटन गरे ।

फोटो प्रदर्शनी एक सातासम्म चल्ने आयोजक फोटो पत्रकार क्लवका अध्यक्ष द्वारिका काफ्लेले जानकारी दिए ।

एडिबिले नेपालको उर्जा क्षेत्रमा गरेको सहयोगप्रति जनकपुरधाम उपमहानगर पालिकाका उपप्रमुख किशोरी साह र नेपाल विद्युत प्राधिकरणका उपमहा प्रबन्धक लगायतले सराहना गरे ।

Facebook Comments Box