काठमाडौंलाई पराजित गरेसँगै प्लेअफमा पुग्ने पहिलो टोली बन्यो जनकपुर वोल्ट्स

जनकपुरधाम । जनकपुर वोल्ट्सले बिहीबार खेलेको छैठौं खेलमा पाँचौ जीत हासिल गरेको छ ।

बिहीबार भएको खेलमा काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै जनकपुर वोल्ट्स प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । जनकपुरले लिगको अन्तिम खेल खेल्नु अगावै प्लेअफमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

लिगमा ६ खेल खेलेको जनकपुरले ५ जीत हासिल गर्दै १० अंक जोडेर शीर्ष स्थान कायम राखेको छ ।

बिहीबार किर्तीपुरस्थित टीयु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले काठमाडौंलाई ५ विकेटले हराएको हो ।

काठमाडौंले दिएको १०२ रनको लक्ष्य पछ्याउँदै जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाउँदै लक्ष्य पुरा गरेको थियो । तस्बिर/बाह्रखरी

Facebook Comments Box