आज जनकपुर सुदुरपश्चिमसंग भिड्दै

जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज जनकपुर वोल्ट्स र सुदुरपश्चिम रोयल्स तथा आजै हुने अर्को खेलमा लुम्बिनी र काठमाडौंबीच प्रतिस्पर्धा हुँदैछ ।

किर्तीपुरस्थित क्रिकेट मैदानमा जनकपुर भर्सेज सुदुरपश्चिमको खेल बुधबार बिहान ९ बजेदेखि सुरु हुँदैछ ।

यस अघि खेलेको विभिन्न चारवटै खेलमा जनकपुरले निरन्तर जीत हासिल गर्दै आएको छ ।

दोस्रो खेल दिउँसो १ बजेदेखि लुम्बिनी र काठमाडौंबीच हुनेछ ।

Facebook Comments Box