रामजानकी विवाह उत्सव सम्पन्न, आज रामकलेवा

जनकपुरधाम । रामजानकी विवाह उत्सव शुक्रबार मध्यराती सम्पन्न भएको छ । भगवान राम र सीताबीच त्रेतायुगमा भएको वैवाहिक उत्सवको स्मरण गर्दै तत्कालिन मिथिलाको राजधानी जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिएको हो ।

आज (शनिबार) रामकलेवा अर्थात् विदाई कार्यक्रम आयोजना हुँदैछ । वैवाहिक कार्यक्रमका लागि तत्कालिन अयोध्या (उत्तर प्रदेश) बाट जनती सहित आएका सन्त, महन्तहरुलाई जानकी मन्दिर परिसरमा दिउँसो मर्यादाभोजन गराई दान, दक्षिण दिएर विदाई गरिने चलन रहेको छ ।

जनकपुरधाममा प्रत्येक वर्ष साताव्यापी विवाह पञ्चमी महोत्सव आयोजना हुँदै आएको छ । पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौं दिन विवाह उत्सव र सातौं दिन रामकलेवा (विदाई) समारोह आयोजना हुँदैछ ।

Facebook Comments Box