धनुषाधाम १ मा माओवादी विजयी

जनकपुरधाम । धनुषाधाम नगरपालिका १ को वडा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका सुनिल कापर विजयी भएका छन् ।

कापरले ६८४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अशोक मण्डलले ६०२ मत प्राप्त गरे ।

जसपा नेपालका अजय यादवले ४९९ र एमालेका प्रमोद यादवले ४९४ मत प्राप्त गरेका छन् ।

Facebook Comments Box