कालिकोटको तिलगुफा –४ मा नेमकिपा विजयी

कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्ष नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाहीले जितेका छन् । आजै सम्पन्न उपचुनावमा अन्तिम मतपरिणाम सार्वजनिक गर्ने यो पहिलो वडा बन्यो । पहिलो विजयी उम्मेदवार नै नेमकिपाका नेता बने ।

१४३ मत ल्याएर शाहीले वडाध्यक्ष जित्दा निकटतम् प्रतिद्वन्द्वी बनिन्, माओवादी केन्द्रका नैसोभा शाही । नैसोभाले ११५ मत ल्याइन् ।

०७९ मा वडाध्यक्ष जितेका परबहादुर शाहीकी पत्नी नैसोभालाई माओवादीले उम्मेदवार बनाएको थियो । तर सहानुभूति मतको आशामा माओवादीले बनाएको उम्मेदवारलाई नेमकिपाका खड्गराजले पराजित गरे ।

Facebook Comments Box