दार्चुलाको दुहुँ–५ मा कांग्रेस विजयी

दार्चुलाको दुहुँ गाउँपालिका–५ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवार कुँवरले खसेको मत ८७७ मध्ये ३७६ प्राप्त गरी विजय प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेद्वार मानसिहं बडालले ३५८ मत प्राप्त गरेका छन् ।

यस्तै माओवादी केन्द्रका उम्मेदवार वीर सिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लाल सिंह कुवँरले अर्ना चिन्हमा २५ मत प्राप्त गरेका छन् । जम्मा खसेको मतमध्ये २० मत बदर भएको छ ।

वडा –५ का वडा अध्यक्ष मनोरथ भट्टको निधनपछि उक्त पदमा उपनिर्वाचन भएको हो ।

Facebook Comments Box