मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षण सिकाई

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले मातहतका प्राध्यापक तथा चिकित्सकहरुलाई शिक्षण सिकाई प्रशिक्षण दिएको छ ।

बिहीबारदेखि सुरु भएको प्रशिक्षण चार दिनसम्म चल्ने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक डा. विनोद यादवले जानकारी दिए । प्रशिक्षण कार्यक्रममा एमबीबीएसका लागि कक्षा लिने प्राध्यापकसमेत प्रतिष्ठान मातहतका २८ जना चिकित्सकहरु सहभागी छन् ।

फ्याकल्टी डेभलपमेन्ट प्रोग्रामको रुपमा आयोजित प्रशिक्षणमा विज्ञहरु प्राध्यापक डा. जगदीश प्रसाद अग्रवाल, प्राध्यापक मन्दुरा शाही, प्राध्यापक निरजु रञ्जित, शितल बस्नेत र प्राध्यापक डा. रमेश कान्त अधिकारीलगायतले प्रशिक्षण दिइरहेका छन् ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज