जनकपुरधाममा विवाह पञ्चमी तयारी

जनकपुरधामस्थित मधेश प्रदेश सरकारको कायममुकायम सचिवालय जनकपुर चुरोट कारखानाको बाहिरी पर्खाललाई मिथिला आर्टले सिंगारिदै छ ।

प्रदेश सरकारको आर्थिक लगानीमा मिथिला कलाकर्मीहरुले राम जानकी विवाह उत्सव तथा मिथिलाको लोक संस्कृति झल्किने दृश्य कोर्न र त्यसमा रङ्ग भर्न अहोरात्र परिचालित भइरहेका छन् ।

यहीँ मंसिर २१ गते हुन लागेको रामजानकी विवाह पञ्चमी महोत्सव यस वर्ष विशेष तामझामका साथ मनाउन प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह आफै सक्रिय देखिएका छन् । उनले मातहतका मन्त्रालय तथा सरोकारवाला निकायहरुलाई पनि विवाह महोत्सवको तयारीमा जुट्न निर्देशन गरिसकेका छन् । शब्द /तस्बिरः सुरेश यादव /न्यूजआज

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज