जनकपुर र अयोध्यालाई हवाई सेवामार्फत जोडिने
जनकपुरधाम । संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाई सेवाको मध्यामबाट जोड्नुपर्ने बताएका छन्।
बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको विश्वफलक पर राम (साहित्यक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) अन्तरविषयी अन्तर्राष्ट्रिय संगोष्ठिमा बोल्दै मन्त्री पाण्डेले धार्मिक रूपले जोडिएको सम्बन्धलाई हवाई सेवाका माध्यमबाट समेत अघि बढाउनुपर्ने बताएका हुन्।
यसका लागि मन्त्रालयले समेत तयारी गरिरहेको छ।
मन्त्री पाण्डेले अहिलेको अवस्थामा रामको मार्गदर्शन झनै व्यापक बन्दै गएको बताउँदै विश्वभरी फैलिएका नेपाली र भारतीय नागरिकले राम तत्वको पुनः जागरणमा योगदान गर्नु पर्नेमा जोड दिए।
दुई दिनसम्म चल्ने संगोष्ठिमा भगवान रामका विविध पक्षमा चर्चा गरिने छ।
संगोष्ठिमा सामेल हुन आएका विभिन्न देश प्रतिनिधिलाई मन्त्री पाण्डे नेपालको विविधतापूर्ण संस्कृतिलाई विश्वमा पुर्याउन सहयोग गर्न उनले अनुरोध गरे।
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?