भ्रष्टाचारको पक्षमा अपराधकर्म गर्ने माओवादी नगर अध्यक्षले शहीद स्मृतिसभामा पाएनन् आसन
जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा माओवादी जनयुद्धका प्रथम शहीद शम्भु यादवको २६ औं स्मृतिसभा मंगलबार सम्पन्न भएको छ ।
सबैला नगरपालिका –३ स्थित शहीद शम्भु आधारभूत विद्यालय परिसरमा शहीद शम्भु स्मृति प्रतिष्ठानले आयोजना गरेको स्मृतिसभामा माओवादी सबैला नगर कमिटीका अध्यक्ष दुखिया यादवलाई आसन ग्रहण पनि गराइएन । कार्यक्रममा आमन्त्रण नगरिएपनि पुगेका उनलाई आसन ग्रहण नगराइएपछि दर्शकदिर्घामा एकछिन बसेर बाहिरिएका थिए ।
करिब दुई हप्ता अगाडी पार्टीको नगर कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका दुखियाले गत आइतबार नगरपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा भ्रष्टाचार ढाकछोप गर्ने हर्कत प्रदर्शन गरेका थिए । दुखियालाई पार्टी केन्द्रीय कमिटीले पनि भ्रष्टाचारको पक्षमा अपराध गरेको अभियोगमा कारबाही गर्ने तयारी गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष रोशन यादवको अध्यक्षतामा आयोजित अन्तरक्रिया तथा छात्रवृति वितरण कार्यक्रममा माओवादी नेता श्रवण यादव ‘जीवन’ ले शहीद परिवारका सदस्यहरुलाई सम्मान गरेका थिए । नेता जुगेश्वर यादवले सञ्चालन गरेको कार्यक्रममा पार्टीबाट नगरमा निर्वाचित जनप्रतिनिधिहरुलाई आसन ग्रहण गराइएको थियो । कार्यक्रममा शहीद परिवारका सदस्यहरु सहभागी थिए ।
२०३६ साल भदौ ३ गते जन्म भएका शहीद शम्भुलाई १९ वर्षको उमेरमा नेपाली सेनाले नियन्त्रणमा लिएर हत्या गरेको थियो । २०५५ कात्तिक २९ गते सेनाले पक्राउ गरी मंसिर ११ गते शम्भु यादवलाई हत्या गरेको प्रतिष्ठान अध्यक्ष रोशन यादवले जानकारी दिए ।
सेनाले पक्राउ गर्दा शम्भु यादव तत्कालिन माओवादी पार्टीका गाउँ इकाइ कमिटी सेक्रेटरी तथा वाइसिएलका जिल्ला सदस्य थिए । माओवादी जनयुद्ध सुरु भएपछि माओवादी भएकै आधारमा सेनाले हत्या गरेको उनी प्रथम जनयुद्ध शहीद हुन् ।
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?