मेयरलाई वडाध्यक्षको चुनौति, ‘सक्छस् भने कमिशन असुल्ने कानुन बनाऊ’

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नम्बर ११ का अध्यक्ष सरोज यादवले नगर प्रमुख (मेयर) कारी यादवलाई कमिशन असुल्ने कानुन बनाउन चुनौति दिएका छन् ।

नगरपालिकाले गत आइतबार सबैला बजारमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष यादवले भने, ‘म जनताबाट निर्वाचित वडा अध्यक्ष हुँ । यहाँ मेरै योजनाको भुक्तानीमा पनि कमिशन नलिई गरिदैन अनि कहाँ जाउँ ?’

नगरपालिकामा खुल्लमखुल्ला कमिशन असुल्ने काम भइरहेको जानकारी दिँदै वडा अध्यक्ष यादवले भने, ‘यो कमिशन असुल्न जनप्रतिनिधिहरु पनि तयार नै हुन् भने मेयरसाबले नगरसभाको बैठक बसेर १० प्रतिशत कमिशन अनिवार्य भयो भनेर कानुन ल्याउनुस् न । कसले रोकेको छ ?’

वडा अध्यक्ष यादवले आफु नगरसभाको वैधानिक सदस्य र जननिर्वाचित वडा अध्यक्षको हैसियतले गत आर्थिक वर्ष (२०८०/८१) मा नगरपालिकाले प्राप्त गरेको सम्पूर्ण आम्दानी र खर्चको विस्तृत विवरण लिखित रुपमै माग गर्दा पनि अहिलेसम्म पाउन नसकेको गुनासो गरे ।

आफु जितेर आएपछि वडा र नगरमा सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेर आएको आफुले यतिबेला नेतृत्वको कमजोरीकै कारण पछि पर्न बाध्य भइरहेको पनि वडा अध्यक्ष यादवको दुखेसो थियो ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज
    ट्याग: