सबैलामा भ्रष्टाचार विरुद्ध बोल्ने पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः पोखरेल
जनकपुरधाम । मंसिर ९ गते सबैला नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा मेयर कारी यादवलाई प्रश्न सोधेपछि न्यूजआजका सम्पादक सुरेश यादवउपर आक्रमण गर्ने कार्यकर्तालाई कारबाही गर्ने माओवादी नेता लिलामणि पोखरेलले बताएका छन् ।
भ्रष्टाचार विरुद्ध काम गर्न निर्देशन भएपनि नगरमा भ्रष्टाचारवारे बोल्नेलाई आक्रमण गरेर पार्टीलाई बदनाम गर्ने हर्कत गरेको भन्दै नेता पोखरेलले भने, ‘भ्रष्टाचार विरुद्ध बोल्ने पत्रकार माथि आक्रमण गर्ने व्यक्ति माओवादीको कार्यकर्ता बनेर रहन सक्दैन । यस्ता गुण्डाहरुलाई कारबाही हुन्छ ।’
सार्वजनिक सुनुवाईमा भ्रष्टाचार विरुद्ध बोल्नै नहुनेगरी मेयर कारीको इसारामा प्रस्तुत भएका माओवादी कार्यकर्ताहरुले पार्टी र कानुनको भावना विपरित प्रस्तुत भएको नेता पोखरेलले जिकिर गरे ।
नेता पोखरेलले सबैलामा माओवादी नेतृत्वको सरकार भएपनि भ्रष्टाचारको विषयमा निकै बदनाम रहेको स्वीकार गरे । उनले पत्रकार उपर आक्रमण गर्ने कार्यकर्ताहरुको बारेमा अनुसन्धान सुरु गरिसकेको दावी गरेका छन् ।
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?