विश्वकै अग्ली र होची जब एकै ठाउँमा भेटिन्
जनकपुरधाम । विश्वकै सबैभन्दा अग्ली महिला हुन्, टर्कीकी रुमेसा गेल्गी । त्यस्तै, विश्वकी सबैभन्दा होची महिला भारतकी ज्योति आम्गे हुन् ।
उनीहरु दुवै जनाको नाम गिनिज बुकमा रेकर्ड छ । गिनिज वल्र्ड रेकर्डस्को वार्षिक उत्सवमा सहभागी हुन लन्डन पुगेको बेला उनीहरुबीच भेट भएको हो । दुवैजना बीच भेटको संयोग मिलाउन लन्डनको सोभय होटलमा चियापानी कार्यक्रम आयोजना गरिएको थियो ।
गेल्गी ७ फिट ०.७ फिट अर्थात् २१५.१६ इन्च अग्लो छिन् भने आम्गेको उचाइ २ फिट ०.७ फिट अर्थात् ६२.८ इन्च हो ।
भेटको क्रममा आपसमा कुराकानी गरिसकेपछि उनीहरु दुवै जनाको स्वभाव मिलेको बताएका छन् ।
कदकै कारण विश्व रेकर्डमा परेको र दुवैजना भेट्न पाउँदा निकै खुशी लागेको अनुभव सुनाएका छन् । दुवै जनाले मेकअप गर्न, नङ सजाउन र आफ्नो स्याहार गर्न मन पर्ने बताएका छन् ।
२७ वर्ष उमेर भएकी गेल्गीको पेशा वेब डिजाइन गर्ने हो । ३० वर्ष उमेर भएको आम्गे सामाजिक सञ्जालमा मिडियाकर्मीको रुपमा सक्रिय छिन् भने अभिनेत्री पनि हुन् । भारतको नागपुरमा जन्मेकी उनी विश्वकै होचो अभिनेत्रीको उपाधी पनि प्राप्त गरेकी छिन् ।
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?