एमालेलाई बालेनले ठोके एकलाख जरिवाना

जनकपुरधाम । काठमाडौं महानगरपालिकाले नेकपा (एमाले) लाई एक लाख रुपैयाँ जरिवाना ठोकेको छ ।

मंसिर ७ गते शुक्रबार काठमाडौं महानगरपालिका –१ स्थित दरबारमार्गमा एमालेले जागरण सभाको नाउँमा सडकमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदुषित गरेको अभियोग लगाउँदै जरिवाना गरेको हो ।

‘खुल्ला सडकमा जागरणसभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदुषण गरेकोले तपाइलाई फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १,००,००० (एक लाख रुपैयाँ) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु’ नगर प्रहरी निरिक्षक लिलाराज गाछाले एमाले मुख्य कार्यालयलाई सम्बोधन गरी लेखेको पत्रमा उल्लेख छ ।

केही समयदेखि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौं महानगरका प्रमुख बालेन शाह चिढिदै आएका छन् । यसै क्रममा विवादित स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईँ पक्षीय विरोधसभा आयोजना गरिएकै दिन हिजो (शुक्रबार) एमालेले दरबार मार्गमा जागरणसभा आयोजना गरेको थियो ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज