दुई मोटरसाइकल ठोकिदा तीनको मृत्यु

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका –३, मंगलबारेमा दुई मोटरसाइकल आपसमा जुधेर भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।
पथरीशनिश्चरे नगरपालिका –५ का ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका –४ का २८ वर्षीय किशोर गुरुङ र सोही वडाका २८ वर्षीय अमृत लिम्बुको मृत्यु भएको हो ।
धिमाललाई उर्लाबारीको अरनिको अस्पताल पुर्याउँदा बाटोमै मृत्यु भएको थियो भने गुरुङको मदन भण्डारी अस्पताल एवम् ट्रमा सेन्टर पुर्याएपछि चिकित्सकले मृत्यु भएको पुष्टी गरेको थियो ।
लिम्बुको झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box