कांग्रेसका दुई जिसस प्रमुख, माओवादीका एक वडा अध्यक्ष निर्विरोध
जनकपुरधाम । मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि जारी चुनावी प्रक्रिया अन्तर्गत तीन जना निर्विरोध निर्वाचित भएका छन् ।
बुधबार साँझ निर्वाचन आयोगले जारी गरेको विज्ञप्ती अनुसार ४४ सिटमा हुनलागेको निर्वाचनमा तीन जना निर्विरोध निर्वाचित भएका हुन् ।
आयोगका अनुसार ओखलढुङ्गा र कैलाली जिल्लाका जिल्ला समन्वय समिति प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु क्रमशः टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै, रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।
जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्ष समेतगरी ४४ रिक्त पदका लागि विभिन्न राजनीतिक दलका तर्फबाट २९२ जना तथा १२१ जना स्वतन्त्रगरी ४१० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
ती मध्ये ३१ जनाले निर्धारित समयसीमा भित्र उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ ।
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?