जनकपुर उद्योग वाणिज्य संघमा ११ जना मनोनित

जनकपुरधाम । जनकपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र भण्डारीले अध्यक्षीय सल्लाहकारसहित ११ जनालाई मनोनित गरेका छन् ।

संघको विधान अनुसार निर्वाचन लगत्तै एक जना अध्यक्षीय सल्लाहकार र एक जना कानुनी सल्लाहकारसमेत ११ जनालाई मनोनित गर्ने प्रावधान रहेको र सोही बमोजिम गरेको भण्डारीले बताएका छन् ।

अध्यक्षीय सल्लाहकारमा जनकपुर उद्योग वाणिज्य संघ एवम् मधेश प्रदेश उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिवशंकर साह ‘हिरा’, कानुनी सल्लाहकारमा अधिवक्ता दिपेन्द्र साह र पाँचजना सल्लाहकारहरुमा रोहित ठाकुर, मोहम्मद आलम राईन, बजरंग यादव, किसन दिक्षित र रामकिशोर साहलाई चयन गरिएको छ ।

त्यस्तै, उद्योग उपाध्यक्षमा गौतम कुमार साह, दुई जना संगठित सदस्यहरुमा हंसपुर व्यवसायी संघका अध्यक्ष दिपेन्द्र कुमार साह एवम् सबैला उद्योग वाणिज्य संघका कोषाध्यक्ष कमलेश्वर प्रसाद जयसवाल, मनोनित सदस्यमा संजय कुमार साह र मनोनित महिला सदस्य पदमा मनिका साहलाई चयन गरिएको महासचिव फुलदेव पण्डितले जानकारी दिए ।

Facebook Comments Box