कांग्रेसले झण्डा झुकायो, भोली कार्यालय बन्द

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाको शोकमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार झण्डा आधा झुकाइएको छ ।

भोली (मंगलबार) कार्यालय बन्द गर्ने सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेको छ ।

बैठकले मंसिर ४ गते कार्यालय बन्द गर्ने र १३ औं दिनमा केन्द्रीय पार्टी कार्यालयमा शोकसभाको आयोजना गर्ने निर्णय गरेको जनाइएको छ ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज