धनुषाधाममा १ पदका लागि २१ जनाको उम्मेदवारी

जनकपुरधाम । स्थानीय तह उपनिर्वाचनको लागि आइतबार धनुषाधाम –१ को वडा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएको छ ।

मुख्य निर्वाचन अधिकृत चुडामणि खड्काका अनुसार धनुषाधाम –१ वडा अध्यक्ष पदका लागि १२ वटा राजनीतिक दलका समेत २१ जनाको उम्मेदवारी परेको छ ।

कुन दलबाट को उम्मेदवार ?
नेपाली कांग्रेस –अशोक कुमार मण्डल
नेकपा एमाले –प्रमोद यादव
माओवादी (केन्द्र) –सुनिल कुमार कापर
जसपा –अजय कुमार यादव
एकीकृत समाजवादी –गोपाली साह सुडी
जनमत पार्टी –कुशेश्वर मण्डल
रास्वपा –रामनरेश दास
राप्रपा नेपाल –फौदार सदा मुसहर
राप्रपा –रामदेव सिंह दनुवार
बहुजन एकता पार्टी –प्रमिला कुमारी सदा
राजपा नेपाल –लक्ष्मीनिया देवी
जसपा –अरुण सदा मुसहर
स्वतन्त्र –रवि कुमार मण्डल
स्वतन्त्र –विशेश्वर मण्डल
स्वतन्त्र –हुकुम सिंह
स्वतन्त्र –संजय कुमार यादव
स्वतन्त्र –दिलिप कुमार ठाकुर वरही
स्वतन्त्र –रंजित कुमार यादव
स्वतन्त्र –नरेश सदा
स्वतन्त्र –विनोद कुमार यादव
स्वतन्त्र –विनोद मण्डल
मधेश प्रदेशका विभिन्न जिल्लामा सात वडा अध्यक्ष पदका लागि यहीँ मंसिर १६ गते निर्वाचन हुँदैछ ।

जिल्ला समन्वय समिति प्रमुखमा १, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगर प्रमुख, उपप्रमुखमा ८ र वडा अध्यक्षमा ३४ गरी ४३ पदका लागि मंसिर १६ गते निर्वाचन हुँदैछ । यसका लागि ४०७ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

ओखलढुङ्गा जिल्ला समन्वय समिति प्रमुख पदमा आइतबारै नेपाली कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज