मिथिलाको विशिष्ट संस्कृति सामा-चकेवा

मिथिलाको अस्तित्व आधुनिक भूगोलमा नरहेपनि यसको सनातन इतिहास अत्यन्तै बृहत, समृद्ध, तथा गौरवमय रहेको छ | बिभिन्न देशहरुको भूगोल र सिमाना राजनीतिक उथलपुथल संगै बदलिरहने प्रसस्तै उदाहरणहरु रहेकोमा मिथिला पनि अछुतो रहन नसके पनि यसको समृद्ध साँस्कृतिक स्वरूपको अविछिन्न निरन्तरताले यसको स्पस्ट भौगोलीक सीमाको आभास आजपनि जीवन्त रहेको पाइन्छ | प्राचिन मिथिलाको उल्लेख नभएको सनातनी ग्रन्थ, धर्मशास्त्र, पुराण, श्रुति, स्मृति बिरलै होला |

भविष्य पुराणमा उल्लेख भए अनुसार अयोध्याका महाराज मनुका पुत्र निमि यस तपोभूमिमा आइ यहाँका ऋषिहरुको साँनिध्यमा तप र यज्ञहरु गरे | उनै निमिका पुत्र “मिथी” कालान्तरमा एक शक्तिशाली शासक भए र आफ्नो पराक्रमले एउटा नगरको निर्माण गरे जुन “मिथिला” को नामले प्रसिद्ध भयो |

भविष्य पुराण:
निमेः पुब्रस्तु तत्रैव मिथिर्नाम महान स्मृतः।
प्रथमं भुजबलैर्येन तैरहूतस्थ पार्श्वतः॥
निर्म्मितस्वीयनाम्ना च मिथिलापुरमुनमम्।
पुरीजनन सामथ्यज्जिनकः सच कीर्तितः॥

वाल्मिकी रामायणमा उल्लेख भए अनुसार राजा निमी, परम धर्मी आत्मा, सबै प्राणीहरूमा सर्वश्रेष्ठ, आफ्नो कर्मका लागि संसारमा प्रसिद्ध थिए। उनका छोरा मिथिका छोरा जनक थिए

वाल्मीकीय रामायण:

राजाऽभूतिषु लोकेषु विश्रुतः स्वेनकर्मणा निमिः परमधर्मात्मा सर्वतत्व वतांवरः। तस्य पुत्रो मिथिर्नाम जनको मिथिपुत्रक ||

मिथिलाको उल्लेख भविष्य पुराणमा मात्रै नभइ वाल्मिकी रामायण, श्रीमदभागवत, देवी भागवत, स्कंद पुराण, अगस्त्य रामायण जस्ता सनातनी महाग्रंथहरुमा समेत उल्लेख भएको पाइन्छ |

श्रीमदभागवत:
जन्मना जनकः सोऽभूद्धैदेहस्तुः विदेहजः।
मिथिलोमथनाज्जातो मिथिला येन निर्म्मिता॥

मिथिलाको सिमाना उत्तरमा हिमालय, दक्षिणमा गंगा, पूर्वमा कौसिकी (कोशी) र पश्चिममा गण्डक नदी रहेको उल्लेख गर्दै चन्दा झा लेख्नु हुन्छ:

गंगा बह्थी जनिक दक्षिण दिशी,

पुर्ब कौशिकी धारा

पश्चिम बह्थी गण्डकी,

उत्तर हिमवत बल बिस्तारा |

प्राचिन मिथिलाको भूगोल बिशेषत: आधुनिक भारतको बिहार (मधुवनी, दरभंगा, सहरसा, सुपौल, अररिया, मुजफ्फरपुर, बेगुसराय आदि जिल्लाहरु) र केहि भाग आधुनिक नेपालको मधेश प्रदेशमा पर्छ | यज्ञ भुमि, तपो भुमि, ज्ञान भुमिले विभूषित यस मिथिलामा स्वंम माता लक्ष्मीको जगत जननी सीताको उपमा प्रादुर्भाव भएको यस प्राचिन राज्यको राजधानी जनकपुर नै रहेको थियो |

मिथिलाको मौलिक तथा बिशिस्ट साहित्यिक, सामाजिक, सांस्कृतिक चाडपर्बहरु मनाउनेक्रममा यसको प्राचिन भौगोलिक सिमानाको आभास आजपनि स्पस्ट भैरहन्छ |  सामाजिक, कृषि, प्राकृतिक तथा बैज्ञानिक बिशेषताहरुयुक्त भिभिन्न चाडपर्बहरुले मिथिलालाई सांस्कृतिक रुपमा बिशिस्ट एबम छुट्टै पहिचान दिलाउन सफल रहेका छन |

Text Box: मिथिलाको मौलिक तथा बिशिस्ट साहित्यिक, सामाजिक, सांस्कृतिक चाडपर्बहरु मनाउनेक्रममा यसको प्राचिन भौगोलिक सिमानाको आभास आजपनि स्पस्ट भैरहन्छ दशहारा, दीपावली, छठ, भ्रातीदुतिया, रक्षाबन्धन, जितिया, चौठचन्द्र संग संगै सामा चकेवा पनि एउटा लोकपर्बको रुपमा मिथिलाका दिदीबहिनीहरु ले आ-आफ्ना दाजुभाइका आरोग्यता, शुख, समृद्धि, मंगल, दीर्घायु एबम ऐश्वर्य प्राप्तिका लागि कार्तिक शुक्ल पन्चमी देखि पुर्णिमा सम्म मनाइन्छ | रक्षाबन्धन, भ्रातीदुतिया र  सामा चकेवा लोकपर्व मिथिलाका दिदीबहिनी र दाजुभाइ बिचको अटुट सम्बन्ध, विशिष्ट प्रेम-भाव, समर्पण, तथा पवित्र बन्धनलाइ दर्साउछ |

मान्यता छ कि एउटि स्त्री आफ्ना पति भन्दा पनि भाइ संग हुदा आफुलाई बढि सुरक्षित महसुस गर्छिन | दिदीबहिनी र दाजुभाइको पबित्र सम्बन्धको बारेमा अनेकन प्रसंगहरु छन | रामायणमा बर्णन भए अनुसार भूमिबाट उत्पत्ति भएकी माता सीता “भुमिजा” को नामले पनि जानिन्छ | त्यसैगरि भूमिमा उत्पन्न हुने खढ़ (रारी) लाइ “भुमिज”, संस्कृतमा “तृण” भनिन्छ | भुमिजा र भुमिज दुवै भूमिबाटनै उत्पन्न भएकोले उनीहरु बीच भइ-बहिनिको सम्बन्ध मानिन्छ | कथा प्रसंगमा एकचोटी रावण अशोक बाटिकामा सितामाता संग जोडबल गर्न खोज्दा उनि बसिरहेका चटाईको एक सानो टुक्रा खढ़ (रारी) भाँची राख्दै, जुन उनकी भाइ हो, भनिन ए रावण तिमि कस्तो मुर्ख हौ? तिमि यो खढ़लाइ (मेरो भाइ) त पार गर, मलाई छुने पुर्खतापूर्ण आँट गर्छस | यस सन्दर्भले एउटी बहिनीको भाइ प्रतिको अटल विश्वासलाई बिम्बित गर्छ |

तृण धरी ओट कहति बैदेही,

सुमिरि अवधपति परम सनेही |

Text Box: पण्डित रामचन्द्र झा द्वारा सम्पादित बर्षकृत्य प्रथम भाग पृष्ट १७८-१८१ मा  सामा पुजा एबंम पुजा बिधि उल्लेख दर्दै सामा-चकेवा पर्वलाई पध्मपुराणसंग जोद्दौ “श्रीपध्मपुराने सुतशौनक संबादे सामापुजाव्राताकथा” भनि उल्लेख भएको पाइन्छ |सामा चकेवा लोकपर्बको माह्त्म एउटा भाइले आफ्नै पिताबाट श्रापित दिदीलाई श्रापमुक्त गराउन गरेका कठोर तपस्याको सम्बन्धमा रहेको छ | पण्डित रामचन्द्र झा द्वारा सम्पादित बर्षकृत्य प्रथम भाग पृष्ट १७८-१८१ मा  सामा पुजा एबंम पुजा बिधि उल्लेख दर्दै सामा-चकेवा पर्वलाई पध्मपुराणसंग जोड्दै “श्री पध्मपुराने सुतशौनक संबादे सामापुजाव्रतकथा” भनि उल्लेख भएको पाइन्छ | यसमा उल्लेख भए अनुसार सामा श्री कृष्णकी छोरी तथा साम्बकि बहिनि थिइन् | सामाकि आमा जाम्बती थिइन् | सामा यत्यंतै धार्मिक तथा प्रकृति प्रेमी थिइन् | उनको घर नजिकै रहेको वृन्दावन जङ्गलमा चारुवक्य नामका ऋषिका आश्रम थियो र उनि संग भेट्न सामा रात्रिको समयमा जाने गर्थिन जसको बारेमा चुडक नामका कुरा लगाउने (चुगला) व्यक्तिले श्रीकृष्ण संग सामा वृन्दावन जाने क्रममा एक ऋषिसंग प्रेमलाप गरिरहेकी भनेर झुठा लान्छना लगाएको क्रोधमा श्री कृष्णले सामालाई पक्षी बन्ने श्राप दिन्छ | पिता द्वारा श्रापित सामा पक्षी बनि वृन्दावनमा उडेर बस्न लागे पछी उनका पति चक्रवाक पत्नी बिवोगमा अत्यन्त व्यथित भइ महादेवको आराधना गरि प्रसन्न पर्दै पक्षी बन्ने  बरदान पाई वृन्दावनमा

चकेवा बनि पत्नी सामा संग बस्न थाले | यी सबै घटनाबाट अनभिज्ञ सामाका भाइ साम्ब सामा पक्षी बनि उडिरहेको थाहा पाएपछि अति दु:खी हुन्छन र आफ्ना बहिनीलाई श्रापमुक्त गराउन श्री कृष्णलाइ प्रसन्न गर्न तपस्या गने थाल्छन | उनको तपस्याले भगवान खुशी भइ सामा-चकेवा दुवैलाइलाई श्राप मुक्त गरिदिन्छन | तत्पश्चात दिदीबहिनी तथा दाजुभाइ बिचको पवित्र तथा अनुपम प्रेम प्रतीककोरु पमा सामा चकेवा पर्ब मनाउन थालेको जनविश्वास हरेको पाइन्छ |

सामा चकेवा पर्वमा माटोद्वारा बनाइएका मुर्तिहरु

सामा चकेवाको खेल

सामा चकेवा खल/पर्ब मिथिलाको एक बिशेष किसिमको सांस्कृतिक धरोहरको रुपमा रहेको मानिन्छ | यसमा बिशेषत: महिलाहरुको सहभागीता रहेको हुन्छ, जुन माटोको बिभिन्न मुर्तिहरु बनाउने, सुकाउने, रंगाउने प्रक्रियाहरु बाट शुरु हुन्छ | कार्तिक शुल्क सप्तमीबाट शुरु भइ पुर्णिमाको रात यस पर्वको समापन हुन्छ | यसमा सामा, चकेवा, सतभैया (सप्तऋषि), वृन्दावन लगायतका रंगीबिरंगी आकर्षक मूर्तिहरू संगै कुरालागाउने, फटाहा, चुगलाको मुर्ति खलनायकको रुपमा बनाएको हुन्छ | यस पर्व मनाउन छोरी चेलीहरु माइत आउने चलन पनि रही आएकोछ | सामा चकेवा रति प्राय: खाना खाइवरी नजिकको अगेना, बारीमा महिलाहरु समुह बनाएर खेल्ने गर्छ | सामा चकेवा खेलमा दाजुभाइका लामो आयु, राम्रो स्वास्थ्य, धन-धान्यमा बृधिका लागि मंगल कामनायुक्त बिभिन्न लोकगीतहरु गाउनुको बिशिस्ट महत्व रहेको छ |

अयलै कातिक मास माइ हे,

सामा लेल अवतार |

कानी कानी चिठीया लिखौलनि फलीं बहिनि,

भेजलनी हजमा केर हाथ |

चिठिया दिहै रे भैया,

फल्लाँ-भैया केर हाथ |

यस गीतमा बहिनीको भावुक हृदय, दाजुभाइ प्रतिको अटुट बिस्वास र सामाको आगमनको पुर्ब-सन्ध्यामा महशुस खुशी अभिव्यक्त हुन्छ |

सामा चकेवा अइह हे

कुर खेत मे वैसियह हे

सभ रंग पटिया ओछैह हे

 यस गीतमा सामा चकेवा लाइ आउ, जोतेको खेतमा रंगी-विरंगी चटाई ओछाई बस भन्ने अभिव्यक्त हुन्छ |

जेहेन नदिया सेमार, तेहेन भैया असवार

जेहेन केरक थम्भ, तेहेन भइयाक जाँघ

जेहेन दोवियाक पात, तेहेन भैयाक पिठ

जेहेन रेशमक रेश, तेहेन भैयाक केश

यस गीतमा दिदिबहिनीको दाजुभाइ प्रतिको उद्गार झल्किन्छ | लुगा धुने धाट जस्तै दाजुभाइको पिठ्यु होस्, रेशमको जस्तै कपाल होस् |

पर्वका अन्तिम दिन, कार्तिक पुर्णिमाको रातमा दाजुभाइहरुले सबै मूर्तिहरूलाइ घुंडामा राखी फोड़छन र दहि-च्युरा खुवाई अर्को बर्ष पुन: आउने निम्तो सहित बिदा गरिन्छ |

Facebook Comments Box