कात्तिक पूर्णिमाको पूर्वसँध्यामा साधुलाई भण्डारा
जनकपुरधाम । नेपाल भारत खुला सीमा संवाद समितिले कात्तिक पूर्णिमाको पूर्व सँध्यामा बिहीबार धनुषाको सबैला नगरपालिकास्थित कमला किनारमा दुई देशका साधुसन्तलाई भण्डारा आयोजना गरेको छ ।
‘नेपाल भारत मैत्रीका सनातन सुत्रः साधु सन्तके संग’ नाराको साथ आयोजित भण्डारामा संवाद समितिका पदाधिकारीहरुसँगै कात्तिक पूर्णिमाको अवसरमा कमला स्नान गर्न आएका साधुसन्तहरुबीच धार्मिक तथा सांस्कृतिक संवाद गरिएको हो ।
भण्डारामा करिब साढे दुई सयको संख्यामा साधु सन्तहरु सहभागी थिए ।
संवाद समितिका मधेश प्रदेश सहसंयोजक दीपक यादवको नेतृत्वमा आयोजित भण्डारा कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय संयोजक राजिव झाले कात्तिक पूर्णिमा र दुई देशबीचको परम्परागत सम्बन्धबारे चर्चा गरेका थिए ।
‘कात्तिक पूर्णिमा हिन्दु धर्मावलम्बीले मान्ने पवित्र पर्व हो । धार्मिक अनुष्ठान, पवित्र स्नान र विशेष प्रकारको पूजापाठन गरिने कात्तिक पूर्णिमालाई ‘देव दिवाली’ पनि भनिन्छ । कमला नदी नेपाली र भारतीय दुवै देशबासीका लागि साझा पवित्र नदी हो, जसलाई सबैले पुज्दै आएका छन्’ झाले भने ।
कात्तिक पूर्णिमाको अवसरमा हुने सामुहिक पवित्र स्नानको माध्यमले दुई देशबीचको धार्मिक सांस्कृतिक सम्बन्ध अझ बढी प्रगाढ हुने विश्वास उनले व्यक्त गरे ।
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?