गणेशमानमा पुगेर प्रकाशमानले सम्झें पुरानो सम्बन्ध
जनकपुरधाम । ‘यो माटोसँग हाम्रो परिवारको धेरै पुरानो सम्बन्ध छ । यो ठाउँको भौतिक, शहरी र कृषि क्षेत्रको विकासमा राज्यको सपोर्ट आवश्यक छ । यसका लागि यहाँको स्थानीय सरकार, प्रदेश र संघीय संसदमा निर्वाचित प्रतिनिधिहरु सबै मिलेर अघि बढ्न आवश्यक छ’ उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुधबार आफ्नै पिताको नाम अंकित धनुषाको गणेशमान चारनाथ नगरपालिकामा पुगेर त्यहाँको माटोसँगको पुरानो सम्बन्ध सम्झेका छन् ।
नेपाली राजनीतिमा ‘लौहपुरुष’ भनेर सुपरिचित नाम हो, गणेशमान सिंह । मुलुकमा राजनीति नै प्रतिबन्धित रहेको संकटकालिन अवस्थामा सिद्धान्त र निष्ठाको राजनीतिमा सक्रिय गणेशमान सिंह व्यक्तिगत स्वार्थभन्दा धेरै माथि उठेर राष्ट्रहितका लागि समर्पित राजनीतिक अनुहार हो ।
उनले २०१७ सालमा धनुषा र सिरहाका लागि कमला सिँचाई आयोजनाको सिलान्यास गरेका थिए । त्यसको केही समयभित्रै उक्त योजना कार्यान्वयनमा पनि आएको थियो । सोही बेला उनले धनुषाको गोदारदेखि भारतीय सीमा क्षेत्रमा पर्ने महिनाथपुरसम्मको सडक सिलान्यास गरेका थिए । उक्त सडक निर्माण भएपनि चारनाथ खोलामा पुल बन्न नसक्दा अहिलेसम्म पिच हुन सकेको छैन ।
राष्ट्रियसभा सदस्य समेत रहेका कांग्रेस नेता आनन्द ढुङ्गाना, प्रतिनिधिसभा सदस्य एवम् जसपा नेपालका नेता दिपक कार्की र गणेशमान चारनाथ नगरपालिका प्रमुख जितनारायण यादवले गोदार–महिनाथपुर सडक सुचारु गर्न तत्काल चारनाथ खोलामा पुल बनाइदिएर पिता गणेशमानको सपना सकार गरिदिन पुत्र प्रकाशमानलाई ध्यानाकर्षण गराए ।
राष्ट्रियसभा सदस्य ढुङ्गाना, प्रतिनिधिसभा सदस्य कार्की र नगर प्रमुख यादवले गणेशमान चारनाथ नगर क्षेत्रको समग्र विकासँगै मधेशमा सिँचाईको उचित व्यवस्थाका लागि मन्त्री सिंहसँग आग्रह गरे ।
नगर प्रमुख यादवले प्रकाशमान सिंह स्थानीय विकास मन्त्री रहेकै बेला उनका पिता सर्वमान्य नेता गणेशमान सिंहको नाउँले नगरपालिकाको नामकरण भएको स्मरण गराउँदै उक्त पालिकाको समग्र विकासका निम्ति अभिभावकत्व ग्रहण गर्न पनि आग्रह गरेका थिए ।
Author Profile
Latest entries
- Main Newsमंसिर २, २०८१जनकपुरधामबाट धमाधम भाग्दैछन् व्यावसायी
- Main Newsकार्तिक ३०, २०८१कमला संस्कार र संस्कृति होः ढुङ्गाना
- Main Newsकार्तिक २८, २०८१गणेशमानमा पुगेर प्रकाशमानले सम्झें पुरानो सम्बन्ध
- Main Newsअशोज २९, २०८१डाइरेक्टरबाट हटाइएका डाक्टरलाई रेक्टर बनाउन चलखेल