मन्त्रीलाई गुलाबको फुल

जनकपुरधाम । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशनमान सिंहले जनकपुरधामस्थित संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय परिसरमा सभाहल उद्घाटन गरेका छन् ।
मिथिला अन्तरगृह परिक्रमा विश्रामस्थल तथा सभाहल उद्घाटनका लागि पुगेका मन्त्री सिंहलाई कार्यालय प्रमुख विनोद यादवलगायत कर्मचारीहरुले गुलाबको फुल दिएर स्वागत गरेका थिए ।
कार्यक्रममा निर्धारित समयभित्रै तोकिएको काम सम्पन्न गरेको भन्दै ठेकेदारलाई सम्मान गरिएको थियो । गणपति बाबा निर्माण सेवा प्रालि, धुलिखेलका प्रतिनिधि रामउद्गार दासलाई मन्त्री सिंहले कदरपत्र प्रदान गरी कार्यालयको तर्फबाट सम्मान गरेका थिए ।
उक्त निर्माण कम्पनीले भुतही पटेर्वा मन्दिर परिसर सुधार, जलेश्वर धर्मशाला परिसर सुधार, परिक्रमा विश्रामघर निर्माण, रामजानकी कुट्टी परिसर सुधार, सहनी कुट्टी परिसर सुधार, मिथिला विहारी मन्दिर परिसरमा धर्मशाला निर्माण, बौधीमाई मन्दिर परिसर सुधार तथा पोखरी सौन्दर्यीकरण र धनुषाधाम मन्दिर परिसरमा रहेको धर्मशाला मर्मत सुधारगरी आठवटा काम निर्धारित समयसीमाभित्रै पूर्ण रुपले सम्पन्न गरेको कार्यालय प्रमुख यादवले बताए ।