शहरी मन्त्रीले उद्घाटन गरे आँखा उपचार केन्द्र
जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका –६ स्थित गोदारमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आँखा उपचार केन्द्र उद्घाटन गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटीको गोदार–लवटोली उपशाखाले निर्माण गरेको आँखा उपचार केन्द्र बुधबार मन्त्री सिंहले एक समारोहबीच उद्घाटन गरेका हुन् । लगत्तै केन्द्रमा आँखा उपचार सेवा सुरु भएको छ ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य आनन्द ढुङ्गाना, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य किरण यादव, प्रतिनिधिसभा सदस्य मुक्ता कुमारी यादव, प्रदेशसभा सदस्यद्वय रत्नेश्वरलाल गोइत र संजय महतो, गणेशमान चारनाथ नगरपालिका प्रमुख जितनारायण यादव, हंसपुर नगरपालिका प्रमुख प्रदिप यादव, धनुषाधाम नगरपालिका प्रमुख वालेश्वर मण्डल, मिथिला नगरपालिका प्रमुख महेन्द्र महतो, गणेशमान चारनाथ नगरपालिका उपप्रमुख तुलसा पाण्डेलगायत सहभागी थिए ।
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?