धनुषाधाममा उपनिर्वाचन, कांग्रेसबाट मण्डल उम्मेदवार

जनकपुरधाम । अगामी मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि धनुषाधाम नगरपालिका –१ वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसले अशोक मण्डललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

अशोक नेपाली कांग्रेस निकट नेवि संघका केन्द्रीय सदस्य हुन् । धनुषाधाम १ निवासी अशोक पार्टीमा पनि सक्रिय कार्यकर्ताको भूमिका निर्वाह गर्दै आएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् अनुशासन विभाग प्रमुख समेत रहेका राष्ट्रियसभा सदस्य आनन्द ढुङ्गानाको गृहवडा रहेको धनुषाधाम –१ मा वडा अध्यक्ष पदको उपनिर्वाचन हुन लागेको हो । उक्त वडासमेत नगरमा नेपाली कांग्रेसका उम्मेदवार लगातार दोस्रो पटक निर्वाचित भएका हुन् ।

तत्कालिन वडा अध्यक्ष विश्वनाथ यादव क्यान्सर रोगले ग्रस्त भएर मृत्यु भएपछि बाँकी कार्यकालका लागि उपनिर्वाचन हुन लागेको हो ।

धनुषाधाम १ समेत मधेश प्रदेशका पाँच जिल्लाका छ नगरपालिकामा सात वडा अध्यक्ष पदका लागि मंसिर २ गते सम्बन्धित पालिकाहरुमा मनोनयन दर्ता गरिने निर्वाचन आयोगको कार्यतालिका छ ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज