जनकपुरधाममा लालकिशोरले रोपेको रुखले पाएन सुरक्षा
सुरेश यादव/न्यूजआज
जनकपुरधाम नगरपालिकाको मुख्य बजार क्षेत्रलाई हरियाली बनाउन तत्कालिन नगरप्रमुख लालकिशोर साहले रोपेको रुख, विरुवा बेसहारा बनेको छ ।
स्थानीय व्यवसायी (पसलवाला) हरुले जथाभावी ती रुख, विरुवामाथि हमला गरिरहँदा बचाउका लागि बोलिदिने पनि कोही देखिएनन् ।
कसैले आफ्नो पसल छोपेको भन्दै वर्षौ लागेर हुर्किएको रुखलाई ढाडै काटिदिन्छन् । कसैले हांगा छप्काइदिन्छन् । तर, ती बोल्न नसकेपनि हरेक व्यक्तिको जीवनउपयोगी रुखको बचाउमा कसैले बोल्न सकेको देखिएन ।
जनकपुरधामको भानु चोकदेखि रेलवे स्टेशन जाने बाटोमा खाना स्टेशन छ, होटल नवरंग । उक्त होटलको बोर्ड छोपियो भन्दै होटलवालाले सडक छेउमा हुर्किरहेको लहलहाउँदो रुखलाई छप्काइदियो ।
भानु चोकमै रहेको बलभद्र ट्रेडर्सवालाले पनि आफ्नो पसल अगाडी छहारी दिइरहेको रुखलाई काटिदियो । जालान बस्त्रालय नजिक त सडकमा रहेको रुखलाई पर्खालै बनाएर च्यापिदिएको छ ।
आम नागरिकलाई अमूल्य अक्सिजन प्रदान गरिरहेका यी रुखहरुको हितमा बोलिदिने को त ? प्रश्नको उत्तर खोजिरहेको छ न्यूज आजले ।
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?