रविलाई कास्कीमै थप १० दिन थुना
काठमाडौं । सहकारी ठगी मुद्दामा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतावारे अनुसन्धान गरिरहेको कास्की प्रहरीले थप १० दिनसम्म थुनामा राख्न पाउने भएको छ ।
प्रहरीले २५ दिन थुनामा राख्न म्याद माग्दा जिल्ला अदालतबाट १० दिन पाएको हो । कात्तिक १५ देखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
लामिछानेलाई थुनामा राख्न अदालतबाट यो तेस्रो पटक म्याद थप गरिएको हो । पहिलो पटक अदालतबाट ६ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद पाएको प्रहरीले दोस्रो पटक ७ दिन र तेस्रो पटक मंगलबार १० दिनको म्याद पाएको हो ।
पूर्व गृहमन्त्री लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
Facebook Comments Box
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?