नेपालको शिक्षा कमजोर कि लोकसेवाको परीक्षा जटिल ?

जनकपुरधाम । मधेश सरकारलाई आवश्यक कर्मचारी छनौट गर्ने अधिकार प्राप्त निकाय हो प्रदेश लोकसेवा आयोग ।

यो आयोगले दुई वर्ष अघि इन्जिनियरिङ सेवा तर्फ नापी अधिकृतको लागि लिएको परीक्षामा कोही पनि उत्तीर्ण नभएको व्यहोराको सूचना सार्वजनिक गरेको छ ।

‘प्रदेश लोकसेवा आयोग, मधेश प्रदेशको विज्ञापन नम्बर १११/०७७/७८ (खुला) इन्जिनियरिङ सेवा, सर्भे समूह अन्तरगत अधिकृत सातौं तहका लागि नापी अधिकृत पदमा मिति २०७९/०८/२५ गतेमा सञ्चालन गरिएको प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित छ जना उम्मेदवारहरुमध्ये कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको व्यहोरा मिति २०८१/०७/०९ गते आयोगबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रदेश लोकसेवा आयोगले सार्वजनिक गरेको यो सूचनाले ढिस्काना गते, मितिमा आयोगले लिएको परीक्षामा कोही पनि उत्तीर्ण नभएको जानकारी मात्रै छैन ।

यो सूचनाले नेपालको शैक्षिक प्रणाली, पाठ्यक्रम, विद्यार्थीको मानसिकता र परीक्षा लिने लोकसेवा आयोगको पाठ्यक्रमसमेत उपर गम्भिर प्रश्न उठाएको छ ।

नेपालमा व्याप्त विभिन्न समस्याहरुमध्ये बेरोजगारी समस्या सबैभन्दा जटिल र भयानक समस्या हो ।

अझ ‘अदक्ष’ भन्दा पनि ‘दक्ष’ भनिएका (शैक्षिक योग्यताको प्रमाणपत्र प्राप्त) नागरिकहरुले काम नपाएको भन्ने बढी छ ।

यस्तो अवस्थामा प्रदेश सरकारले अधिकृत जस्तो सम्मानजनक पदका लागि जनशक्ति खोज्छ र कोही पनि योग्य ठहर्दैन । यो विषयले पढेलेखेका दक्ष जनशक्तिको क्षमता, योग्यता र मर्यादामा पनि प्रश्न उब्जाएको छ । तर, प्रश्न त्यहाँमात्रै सिमित रहँदैन ।

प्रदेश सरकारको नीति आयोग, शिक्षा मन्त्रालय र नापी अधिकृतकालागि शिक्षा प्रदान गर्ने शैक्षिक निकायले पनि बहस गर्ने कि !

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज
    ट्याग: