रविलाई बयानकै लागि पाँच जिल्ला घुमाउने प्रहरी तयारी

जनकपुरधाम । सहकारी घोटाला काण्डमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेलाई बयानका लागि पाँच वटा जिल्ला घुमाउने प्रहरीले तयारी गरेको छ ।

गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका पूर्व गृहमन्त्री रविलाई सोही राति पोखरा लगिएको थियो । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगीवारे मुद्दामा उनको बयान सकिएपछि रुपन्देही लगिने बुझिएको छ ।

बुटबलस्थित सुप्रिम सहकारी ठगीबारे बयान लिन रुपन्देही लगिने भएको हो ।

त्यसपछि वीरगंजको सानोपाइला सहकारी ठगीबारे बयान लिने प्रहरीको योजना छ ।

वीरगंजपछि चितवनको साहारा सहकारी ठगी प्रकरणमा रबिको बयान लिने प्रहरीले तयारी गरेको छ ।

चितवनपछि काठमाडौंमा सञ्चालित स्वर्ण लक्ष्मी सहकारी संस्थाको ठगी प्रकरणमा प्रहरीले बयान लिनेछ ।

Facebook Comments Box
    ट्याग: