जिल्ला प्रहरी कार्यालयबाट कसरी भागे थुनुवा (भाग्नेको विवरण सहित)

जनकपुरधाम । सोमबार बिहान जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षबाट ९ जना थुनुवाहरु भाग्न सफल भए । एक जना जनक चोकबाट पक्राउ परेपनि एक नाबालक समेत ८ जना अझै फरार छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) रञ्जन अवाका अनुसार थुनुवाहरुले सोमबार बिहान करिब साढे ३ बजेको समयमा थुनुवा कक्षबाट बाहिर निस्केका हुन् । थुनुवा कक्षको भेन्टिलेशन काटेर उनीहरु भागेको अवाको भनाई छ ।

थुनुवाका लागि रहेको नयाँ भवन (भरपर्दो पूर्वाधार) र पर्याप्त संख्यामा थुनुवाको देखभाल गर्न सुरक्षाकर्मी परिचालित रहेको बेला ९ जनासम्म थुनुवा एकै पटक कसरी भाग्न सफल भए ? यो गम्भिर प्रश्नको सेरोफेरोमा रहेर अनुसन्धान गरिरहेको डिएसपी अवाले बताए ।

थुनुवा कक्षबाट भागेका थुनुवाहरु:
अमित कुमार झा, वर्ष २५, जनकपुरधाम –२०, रुपैठा
रंजित मण्डल, वर्ष २६, विदेह नगरपालिका –७, धनुषा
रोशन कुमार मण्डल, वर्ष २४, विदेह नगरपालिका –७, धनुषा
अभाष्कर कुमार यादव, वर्ष ३३, सिरहा –१३, सिरहा
विशाल मुखिया, वर्ष २३, औरही गाउँपालिका –२, देउरी परवाहा
मनिष मण्डल, वर्ष १८, नगराईन नगरपालिका –२, धनुषा
विक्की कार्की, वर्ष २२, जनकपुरधाम –४, धनुषा
सुमित मेस्तर (नाबालक), वर्ष १७, जनकपुरधाम –१, धनुषा

Facebook Comments Box
न्यूज आज

    ट्याग: