जिल्ला प्रहरी कार्यालयबाटै ९ थुनुवा फरार
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षबाट ९ जना कैदी फरार भएका छन् ।
सोमबार बिहान करिब साढे ३ बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन काटेर ९ जना कैदी भागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवाले पुष्टी गरे ।
फरार मध्येका एक जना भागेको केही वेरमै जनक चोकबाट पक्राउ परेको र ८ जना अझै सम्पर्कमा आउन नसकेको डिएसपी अवाको भनाई छ ।
थप विवरण केही वेरमा अपडेट गर्ने प्रयास गर्दैछौं ।
Facebook Comments Box