कैलाश सिरोहिया नौ दिनपछि रिहा

जनकपुर । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियालाई बुधबार साँझ प्रहरीले रिहा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा सिरोहियालाई रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखेमा सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था छ ।

नागरिकता सम्बन्धी मुद्दामा ९ दिन अघि काठमाडौंस्थित कान्तिपुर पब्लिकेसन्सको कार्यालयबाट पक्राउ गरिएको थियो । उनको स्वास्थ्यमा समस्या आएपछि हिजो मंगलबार हेलिकोप्टरमा काठमाडौं लगिएको थियो । सिरोहियालाई छोड्न धनुषा जिल्ला प्रहरी कार्यालयले साँझ करिब सात बजे पत्र पठाएपछि काठमाडौंबाटै उनलाई रिहा गरिएको डिएसपी अवाले जानकारी दिए ।

Facebook Comments Box