घरबाटो सिफारिसमा घुस लिने वडा अध्यक्ष पक्राउ
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका –२४, बसहियाका वडा अध्यक्ष उपेन्द्र सहनीसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
घरबाटो सिफारिसको लागि ४ लाख ५० हजार रुपैयाँ घुस लिएका वडा अध्यक्ष सहनी, सोही वडाका सचिव उपेन्द्र साह र बिचौलियाको काम गर्ने अर्को एक जनालाई पक्राउ गरिएको हो ।
आयोगलाई आएको गोप्य सूचनाको आधारमा स्थलगत रिपोर्टिङको क्रममा वडा अध्यक्ष सहनी र वडा सचिव साहसमेत तीन जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयका सूचना अधिकृतले न्यूजआजलाई जानकारी दिए ।
घुसको रकम लिँदालिँदै पक्राउ परेका उनीहरुलाई कानुन बमोजिम कारबाहीको लागि आयोगको केन्द्रीय कार्यालय टंगाल पठाउने तयारी भइरहेको सूचना अधिकारीले जनाए ।
Facebook Comments Box