क्रिकेट संघको सधारणसभामा रंगशाला बहस

जनकपुरधाम । नेपाल क्रिकेट संघ (क्यान) धनुषाको वार्षिक सधारणसभामा रामजानकी रंगशालाको विषयमा बहस चलेको छ ।

शनिबार जनकपुरमा आयोजित संघको सधारणसभामा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले अबको दुई हप्ता भित्र खेलकुद विधेयक पारित भएर आउने जानकारी दिए ।

प्रदेश नीति आयोगका उपाध्यक्ष डा.सोहन साहले जनकपुरधाममा बन्ने रामजानकी रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको बताए । उनले यसको विषयमा अगामी मंगलबार सरोकारवाला पक्षहरुसँग औपचारिक छलफल राखिएको पनि जनाए ।

क्यानका जिल्ला अध्यक्ष शोभाकान्त पाण्डेले जनताबाट निर्वाचित भएर काम गर्ने पदमा पुगिसकेका जिम्मेवार पदाधिकारीहरु पनि चुनावमा बाँडेको जस्तै आश्वासन बाँड्दै हिँड्नु दुर्भाग्य भएको बताए । उनले पदमा बसेर काम गर्नुभन्दा यस्तो गर्नुपर्छ भन्ने शैलीको नेताको भाषण सुनेर आजित भएको गुनासो गरे ।

सधारणसभामा जनकपृरधाम उपमहानगरपालिका प्रमुख मनोज साह, फुटबल संघ, भलिबल, बक्सिङ लगायत विभिन्न खेलसँग आबद्ध पदाधिकारी तथा प्रशिक्षकहरु सहभागी थिए ।

Facebook Comments Box
न्यूज आज