मुख्यमन्त्री कार्यालयमै जनमतको पार्टी प्रवेश कार्यक्रम
जनकपुरधाम । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जनमतको पार्टी प्रवेश कार्यक्रम गरिएको छ ।
मुख्यमन्त्री सतिश कुमार सिंहका प्रेस सल्लाहकार अनिल कुमार कर्णको कार्यकक्षमा पार्टी प्रवेश कार्यक्रम सञ्चालन गरिएको हो ।
जनमत पार्टीका केन्द्रीय सदस्य समेत रहेका मुख्यमन्त्री कार्यालयका रंजित साहले शुक्रबार मुख्यमन्त्री सिंहको कार्यकक्षसँगै टाँसिएको प्रेस सल्लाहकार बस्ने कोठामा पार्टी प्रवेश कार्यक्रम सञ्चालन गरेका हुन् ।
साहले नवप्रवेशीहरुलाई पार्टीको सदस्यता वितरण गरिरहेको दृश्यको पृष्ठभूमिमा मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार बस्ने टेबुल प्रष्ट देखिन्छ ।
उक्त तस्बिर सामाजिक सञ्जाल मार्फत बाहिरिएपछि मुख्यमन्त्री प्रदेशको कि पार्टीको भन्दै विभिन्न कोणबाट प्रश्न उठ्न थालेको छ ।
Facebook Comments Box