मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने : राप्रपा अध्यक्ष लिङ्देन

राजनीतिक दलहरूका गतिराेधले प्रतिनिधिसभाको मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना छ ।

जनकपुर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने अवस्था आएकाे बताएका छन् ।प्रधानमन्त्री प्रचण्ड र राजनीतिक दलहरूका गतिराेधले प्रतिनिधिसभाको मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना भएकाे उनको भनाइ छ । 

भक्तपुरमा आयोजित एक कार्यक्रमका बिच अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्ड आफैँले सत्ता समीकरण बदल्दै हिँड्ने गरेको भन्दै आक्रोश पाेखेका थिए । उनले सम्भावित मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर संगठन निर्माणमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।

अध्यक्ष लिङ्देनले देश ठूला दलहरूले कमजोर बनाएकाले आफूहरूले त्यसको विकल्प खोज्नुपरेको बताए । 

ADVERTISEMENT
Facebook Comments Box
न्यूज आज