सार्वजनिक विदाको दिन पनि ओपिडी सेवा

१७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सार्वजनिक विदाको दिन पनि सरकारी अस्पतालहरुमा बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न निर्देशन गरेको छ ।

अस्पतालमा सार्वजनिक विदाको दिन पनि बहिरंग सेवा समेत सबै प्रकारका उपचार सेवा उपलब्ध गराउन मन्त्रालयले मातहतका अस्पतालहरुलाई परिपत्र गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आन्तरिक प्रशासन शाखा अधिकृत विश्वबन्धु रेग्मीले सोमबार जारी गरेको परिपत्रमा सरकारी अस्पतालहरुले सार्वजनिक विदाको दिन पनि अन्य दिन जस्तै सबै प्रकारका स्वास्थ्य सेवा सञ्चालन गर्न भनिएको छ ।

ADVERTISEMENT

भदौ ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेर सार्वजनिक विदाको दिन पनि अस्पतालहरुमा सबै प्रकारका सेवा प्रवाह गर्न भनेको थियो ।

Facebook Comments Box
न्यूज आज

    ट्याग: