आयल निगम महेन्द्रनगरमा बेल्चा प्रहार गरी साथीको हत्या
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगम डिपो महेन्द्रनगरमा एक कर्मचारीलाई कुटपिट गरी हत्या गरिएको छ ।
निगममा दैनिक ज्यालादारीमा कार्यरत सिरहा नगरपालिका ३ मखनाहाका राकेश बर्मालाई सहकर्मी(साथी) धनुषाधाम नगरपालिका ४ का प्रकाश यादवले बेल्चा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता रञ्जन अवाले जानकारी दिएको छ ।
शुक्रबार बिहान करिब १० बजेको समयमा एउटै कोठमा एकआपसमा विवाद हुँदा बर्मामाथि बेल्चा प्रहार गर्दा मृत्यु भएको उनले जानकारी दिएको छ । उनले हत्याका आरोपित यादवलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको बताए ।
मृतकको शव घटनास्थलमै छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरीले टोलीले घटनास्थलमा पुगेर मुचुल्का गर्ने तयारीमा गरिरहेको जनाइएको छ ।
Facebook Comments Box