सहमति नजुटेपछि कांग्रेस बैठक फेरि सर्यो

११ भदौ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक फेरि सरेको छ । बुधबार (भोली) का लागि बोलाइएको बैठक भदौ १६ गतेका लागि सरेको हो ।

साउन २३ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका महामन्त्री, उपसभापति र सभापति बोल्न मात्रै बाँकी छ । उच्च पदस्थ पदाधिकारीले आफ्नो धारणा राखिसकेपछि महासमिति बैठकमा पेश भएका प्रस्तावहरु अनुमोदन गर्नुपर्ने प्रावधान छ ।

चुनावी गठबन्धन, एक्जिट पोलिसी र महाधिवेशनको कार्यतालि सम्बन्धी प्रस्तावहरुमा नेता, पदाधिकारी विभाजित देखिएका छन् ।

ADVERTISEMENT

मंगलबार यी विषयमा कुरा मिलाउन सभापति शेरबहादुर देउवाले उपसभापतिहरु पुर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएर छलफल गरेका छन् । यद्यपि, कुरा नमिलेको पार्टी स्रोतले न्यूजआजलाई जानकारी दियो ।

Facebook Comments Box
न्यूज आज

    ट्याग: